श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न माग

.

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार जेटियुसिसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरुको न्युनतम पारिश्रमिक समेत बढाउनुपर्ने बताउनु भयो । महिलाहरुलाई अवसर नदिएकै कारण मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसकेको कारण राज्यले बुझिदिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘समान कामको समान ज्याला छैन । महिलाहरु अझैपनि विभेदमा छन् । कार्यथलोमा हिंसा व्याप्त छ, कार्यथलोमा विभेद व्याप्त छ । लिंगको आधारमा अवसर र पारिश्रमिकमा गरिने विभेद छ त्यो कुरालाई सम्बोधन गर्नुपर्छ । महिलाहरुलाई पनि न्युनतम ज्याला चाहिन्छ भन्ने कुरा उठिरहेको छ । यसमा न्युनतम पारिश्रमिक बढाउनु पर्छ । महिलाहरुले मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिरहेका छन् । यो कुरा पनि राज्यले बुझिदिनुपर्छ । ’

श्रमिकहरुलाई स्थानीय तहमा पञ्जिकरण गर्नुपर्नेमा अध्यक्ष लामाको जोड छ । —न्युज एजेन्सी नेपाल