नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह विजयी भएका छन् । सिंहले ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे ।
महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा ५६३ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरे ।
प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।
महासचिवमा पुन रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी वासु उप्रेतीले २१२, शंकर चौलागाईंले १२४, रामशरण देउजाले ८८ र आनन्दप्रसाद अधिकारीले २४ मत प्राप्त गरेका छन् । उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।