फेरि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

.

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार एक हजार ८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

 

तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।   यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ  । सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३८० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।