काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४७४७ जनामा परीक्षण गर्दा २७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने २२० जना कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ रहेको छ ।