काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५९१४ जनामा परीक्षण गर्दा ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने ३९२ जना कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार ९९६ रहेको छ ।