माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

.

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।

 

 

प्रधानमन्त्री देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् ।

 

 

त्यसपछि खिम्ती जलविद्युत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र खिम्ती जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् ।