आजको मौसम

.

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी भू–भागका एक–दुई स्थानमा मेघ मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।