काठमाडौं – सेन्ट जेभियर्स कलेजले आठौँ फादर ई।एल। वाट्रिन मेमोरियल कल्चरल अवार्ड तथा ‘सुर–वाहिनी’ सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।
आगामी बुधबार हुने कार्यक्रममा लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याइरहेका शम्भूजीत बाँस्कोटालाई सम्मान गरिने छ ।
कार्यक्रम सेन्ट जेभियर्स कलेज माइतीघरको फादर वाट्रिन मेमोरियल हलमा साँझ ५ बजेदेखि ७ बजेसम्म हुने छ ।