कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी समान क्षेत्रले दायित्ववोध गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार एक्लैले कृषिमा लगानी गरेर सफल हुन नसक्ने बताउनु भयो । उहाँले सरकारले अख्तियार गरेको नीति सफल बनाउन व्यक्ति, सहकारी, बैंक तथा सामाजिक संघसंस्थाहरुको महत्वपूर्ण योगदान हुने बताउनु भयो । कृषिमा आत्मनिर्भरताका लागि सरकारले लगानी वर्षको घोषणा गरेको बताउनु भयो । उहाँले आयातको भरमा बाँचेको नेपालले पछिल्ला केही समयदेखि कृषि उपज निर्यात गर्नेतर्फ सक्षमता देखाएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट सरकारले एक्लैले कृषिमा लगानी गरेर अथवा एक्लोले केही गर्न सक्दैन । कृषि कर्म गर्नेले मात्रै केही गर्न सक्दैन । त्यसका लागि नेपाल सरकारले एउटा नयाँ नीति अख्तियारी गरेको छ । कृषिमा सफलता प्राप्त गर्नका लागि सरकार एक्लैले गर्न सक्दैन । यसमा निजी क्षेत्रको सहयोग जरुरी छ । व्यक्ति र सहकारीको जरुरी छ । त्यसैगरी बैंकहरु सामाजिक संस्था सबैको जरुरी भएको कारणले नेपालसरकारको तर्फबाट लगानी वर्षको घोषणा गरेका छौँ । सबै जना एक ठाउँमा बसौँ कसैको भर नपरौँ । हाम्रो दायित्व हामी सबैको हो भन्ने सोच बनाएको खण्डमा सिङ्गगो नेपाली आत्मनिर्भरमा रहन सक्छ । आयातको भरमा मात्रै हामी टिक्नु हुँदैन, निर्यात गर्न सक्ने क्षमता हामीसँग छ भन्ने कुरा अहिले बिस्तारै देखिदै आएको छ । यसतर्फ सबैको सक्रिय सहयोगका लागि कर्पोरेट हाउस पनि नजिकको संस्था बन्न सकोस् ।’
मन्त्री अधिकारीले लगानीको विश्वास दिलाउने काममा सरकार लागि परेको बताउनु भयो ।