आरआर क्याम्पसमा अर्का विद्यार्थीको कुटपिट, निराजन भट्ट समूहको पुनः हिंसात्मक क्रियाकलाप

.

काठमाडौँ। रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा आज पुनः कुटपिटको घटना भएको छ। केहि समय पहिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समयमा स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएका दीपक देवकोटालाई कुटपिट गर्ने निराजन भट्टको समूहले आज अर्को विद्यार्थीलाई लक्षित गरेको हो ।

 

भट्टले बझाङ निवासी केशव कुँवरलाई कुटपिट गरेका हुन्। कुँवर आरआर क्याम्पसमा अध्ययनरत छन् र स्वतन्त्र उम्मेदवारका रूपमा प्रत्यक्षतर्फका निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।तर, विविध कारण आरआर क्याम्पसमा स्ववियु निर्वाचन भने हुन सकेन।

 

भट्ट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुसँग सम्बन्धित रहेको चर्चा छ। यसअघि पनि, उनका समूहले दीपक देवकोटाको कुटपिट गरेको थियो। यद्यपि, कुटपिटको उजुरी सिहदरबार प्रहरी कार्यालयमा दर्ता भएको भए पनि राजनीतिक संरक्षणका कारण घटनामा कुनै ठोस कदम उठाइएको छैन।

 

यस घटनाले क्याम्पसमा विद्यार्थी राजनीतिक क्रियाकलापको वातावरणमा हिंसात्मक प्रवृत्तिको पुनरावृत्ति भएको छ, जसको कारण विद्यार्थी सुरक्षा र शान्तिपूर्ण वातावरणमा चुनौती उत्पन्न भएको छ।