नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहलले देशभर ३५ लाख ग्राहकलाई सेवा दिनसक्नेगरी होटलहरुको क्षमता विकास भइसकेको बताउनुभएको छ ।
शुक्रवार ‘२० औं फेवा नववर्ष महोत्सव’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पर्यटकहरुको सुविधाका लागि गुणस्तीय होटलहरु निर्माण भइसकेको र त्यसमा पनि पोखराको भुमिका धेरै रहेको बताउनु भयो । उहाँले मुलुकमा अब आन्तरिक तथा वाह््य पर्यटकहरुको खाँचो रहेको समेत बताउनु भयो । मुलुकमा लगानीको वातावरण रहेको र पर्यटन क्षेत्रले मुलुकको विकासमा टेवा पु¥याउने भनेपनि खोजेजस्तो परिणाम पाउन नसकेको उहाँको भनाइ छ । फेवा महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सहयोग पुर्याउने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा ३५ लाख ग्राहकलाई सेवा दिनसक्नेगरी हाम्रो क्षमता विकास भइसकेको छ । त्यसमा पोखराको भूमिका असाध्यै छ । अहिले त्यहाँ स्तरीय होटेलहरु आइसकेका छन् । र अब हाम्रो देशमा बढीभन्दा बढी पर्यटकहरुको आवश्यकता छ । लगानी छ, लगानीको वातावरण समेत रहेकोले पर्यटनले मुलुकको आर्थिक विकासका लागि योगदान दिनसक्छ भन्दाभन्दै पनि हामीले खोजेको जस्तो परिणाम पाइरहेका छैनौं । यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटकका साथसाथै विदेशी पर्यटकहरुलाई पनि ठूलो मात्रामा स्वागत गर्न पाउने हाम्रो अपेक्षा छ । यो फेवा महोत्वसले विदेशी पर्यटकहरु भित्रिनको लागि ठूलो टेवा पु¥याउँछ । यस महोत्सवलाई गएको वर्षभन्दा परिमार्जित ढंगले अगाडि बढाउने हाम्रो योजना छ । पर्यटन क्षेत्र भनेको असाध्यै संवेदनशील क्षेत्र हुन्छ ।’
उहाँले पछिल्लो दिनहरुमा भइरहेका नाराजुलुसहरुको कारण नेपाल आउने पर्यटकहरु प्रभावित भएको बताउनु भयो । २० औँ फेवा नववर्ष महोत्सव चैत ३० गतेदेखि पोखराको फेवाताल किनारमा हुने भएको छ । क्षेत्रीय होटल संघ पोखराको आयोजनामा हुने महोत्सव बैशाख १ गतेसम्म हुनेछ । महोत्सव अवधिभर होटलको सेवामा २० प्रतिशत छुट दिने आयोजकले जनाएको छ । महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने समेत आयोजकको विश्वास छ ।