चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउनेक्रम बढ्दै गएको छ ।
जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो । चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु जाँचपास परिक्षणका लागि आउन थालेको बताउनु भयो । उहाँकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘तातोपानीबाट जाँचपास हुनका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनरहरु आएका छन् । जाँचपास प्रयोजनका लागि भनेर ट्रान्जिट मोडुल विधि प्रयोग गरेर तातोपानी र रसुवा नाका समेत खुला गरेको अवस्थामा अहिले कन्टेनरहरु जाँचपास हुने क्रममा वृद्धि हुँदै गएको छ । यो भन्दा पहिले एक महिनाअघि यसै किसिमका कन्टेनरहरु जाँचपाँस गरिसकेका छौं । जुन तातोपानीको रुट प्रयोग गरेर आएका थिए । अर्को कम्पनीले समेत जाँचपासका लागि समान ल्याउन थालिसकेको छ । यसरी तातोपानी, रसुवा नाकाबाट आउने मालबस्तुहरु चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालयबाट जाँचपास परीक्षण हुँदै आएको छ ।’
यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरु हासिल हुनेछन् । जाँचपासका लागि कन्टेनरहरु बढ्दै जाँदा राजश्व संकलनमा वृद्धि हुनेछ । व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँचपास गर्दा समान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकलता अनुसार जाँचपास गराउन सक्नुहुन्छ । गोदामहरुको उचित व्यवस्था भएका कारणले पनि उहाँहरुलाई पनि सहज हुनेछ ।
शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो । कम्पनीका अध्यक्ष सुशिल थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताउनु भयो । उहाँकाअनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुनेगरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो ।
उहाँले भन्नुभयो–‘तातोपानी र रसुवागढीमा गोदाम स्पेस कम भएका कारण काठमाडौं रोज्नुपरेको हो । त्यहाँ क्लीयरिङमा समेत ढिलाइ भइरहेको थियो । त्यसमा फास्ट होला भनेर यहाँ ल्याइएको हो । रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी छ । काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएकाले र विजनेसमा ग्रोथ गर्ला भनेर जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको हो ।’
उहाँले काठमाडौं जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल