डिटरजेन्ट, कस्मेटिक, हाइजेनिक, सेलुलोज उत्पादन र सम्बन्धित मेसिनरीज (इरान सौन्दर्य र स्वच्छता) को ३२ औं अन्तर्राष्ट्रिय प्रदर्शनी इरानको राजधानी तेहरानमा सम्पन्न भएको छ । चार दिने प्रदर्शनी ३३ हजार वर्ग मिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको १३ हलहरूमा आयोजना गरिएको थियो । विदेशबाट १०० भन्दा बढीसहित २४० भन्दा बढी कम्पनीहरूद्वारा विभिन्न प्रकारका डिटर्जेन्ट र स्वच्छता उत्पादनहरू प्रदर्शन गरिएका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
तेहरानमा इरान सौन्दर्य र स्वच्छता प्रदर्शनी
