संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ ।
शनिवारबाट शुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयउोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बतउनु भयो । यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्गानिक बाली र उत्पादनसँग जोड्नसके नेपाली परिकारहरुको महत्व अझै बढ्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्नसक्यौँ, अर्गानिक बाली र उत्पादनसँग जोड्नसक्यौँ भने हाम्रो परिकारहरुको महत्व झनै बढ्छ । त्यसले व्यवसायिकतालाई, स्वरोजगारलाई, अर्थतन्त्रलाई योगदान गर्दछ । त्यो दिशामा पनि रहनुहुनेछ । ’
मेलामा सहभागी अन्तर्राष्ट्रिय नेपाली सेफ प्रकाश बुढाथोकीलै ३५ वटा देशमा रहेका नेपाली सेफहरु सम्मेलनकमा सहभागी रहेको बताउनु भयो । उहाँले यो नेपाली सेफ सोसाइटीको नेपालको लागि पहिलो महाधिवेशन भएको बताउनु भयो । विश्वभर छरिएर रहेका नेपाली सेफहरुले नेपाली खानाको प्रचारप्रसार गर्नु नै यसको उद्देश्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘३५ वटा देशबाट नेपाली सेफहरु आएर भेला भएर हामीले सम्मेलन गरिरहेका छौँ । यो हाम्रो नेपालको पहिलो महाधिवेशन हो, नेपाली सेफ सोसाइटीको । यो गरेको हामीले विश्वभर छरिएर रहेका नेपाली सेफहरुले नेपाली खानाको प्रचारप्रसार गर्नु रहेको छ । भविष्यमा यो अझै ठूलो भएर जानेछ । अर्को वर्ष अर्को महाधिवेशनमा गर्नेछौँ ।’
मेलामा ४० वटा जति विभिन्न कम्पनीका स्टलहरु रहेको बताउनु भयो । उहाँले सरकारले सकारात्मक रुपमा लिएको र साथ सहयोग गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल