उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ ।
सिंहदबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितको बारेमा छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँले भारत र नेपालको बिचमा शहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिनुभयो । भेटमा भारतले पछिल्लो समय शहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्नसक्ने कुराका बारेमा छलफल भएको बताउनु भयो । शहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतका बारेमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भारतका विद्युतमन्त्रीज्यु शहरी विकासमन्त्री पनि हुनुहुन्छ । उहाँले खास गरेर भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति र शहरी यातायात व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको अनुभवको आदानप्रदान भएको छ । भारतीय माननीय मन्त्रीज्यूले व्यक्त गर्नुभएका धारणालाई शहरी विकासमन्त्रीज्यूले पनि सकारात्मक रुपमा लिनुभयो ।’
नेपाल र भारतबीच शहरी विकासका अनुभवहरु आदानप्रदान गर्न र सहयताको लागि एमओयु तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल