काठमाडौं-नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताउनु भएको छ ।
बिहिबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबार देखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताउनु भएको हो । उहाँले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताउनु भयो ।
घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पार्नु भयो । उहाँले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताउनु भयो । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ । घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताउनु भयो ।
भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताउनु भयो ।