सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरु

.

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रश्ताव पेश गर्नुभएको थियो । छलफलका लागि १४ जना सांसदहरुले संशोधनको प्रश्ताव पेश गर्नुभएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी छ । –न्युज एजेन्सी नेपाल