प्रतितोला ६०० ले बढ्यो सुनको मूल्य

.

काठमाडाैं – सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेर एक लाख ९०० तोकिएको छ ।

 

 

अघिल्लो दिन प्रतितोला एक लाख ३०० रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रूपैयाँ छ ।

 

 

यसको मूल्य बिहीवार प्रतितोला ९९ हजार ८०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४०० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।