सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन सकेन: अर्थमन्त्री शर्मा (भिडियो सहित)

.

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनु भएको छ ।

 

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताउनु भयो ।

 

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘आज गणतन्त्रपछि पनि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ । त्यो प्रणालीअनुरुपको के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ । कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभुत एकरुपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’

News Agency Nepal

https://www.youtube.com/watch?v=5UPuP_dFLH4