राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिनुपर्ने बताउनु भयो । नीतिगत भ्रष्टाचार रोक्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्छ । त्यही दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गर्दछ । रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिन राख्नुपर्दछ । ग्यापिङ बक्स उद्योगले बेच्ने रेट २ सय ३० रुपैयाँ छ भने जुन निकायले गरेको दररेट ३ सय २८ रुपैयाँसम्म पुगेको छ, स्कवायरमिटरमा । त्यसकारण नीतिगत भ्रष्टाचार रोक्नुपर्छ । राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न अनुरोध गर्न चाहन्छु ।’
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न उहाँको आग्रह छ । —न्युज एजेन्सी नेपाल