जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सगरमाथा संवाद महत्वपूर्णः नेता भट्टराई

.

नेकपा एमाले केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल शुरु गरेको छ ।

बुधवार काठमाडौंमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल शुरु गरेको बताएको हो । छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताउनु भयो । विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराउनु भयो । उहाँले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सगरमाथा संवादबाट अन्तर्राष्ट्रिय जगतमा जुन एउटा गम्भीर विषयको रुमपा आइरहेको जलवायु परिवर्तनको विषय छ । यो जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा संवादमा छलफल हुनेछ । आज संसारभर नै जलवायु परिवर्तनका विषयमा छलफल भइरहेको छ । यसका समाधानका उपायहरुबारे छलफल भइरहेको छ, खोजि भइरहेको छ ।’

कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको काममा आवश्यक काम हुन नसकेको बताउनु भयो । उहाँले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि बताउनु भयो । उहाँले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई, तीन वटा कुरालाई इन्प्रुभ गर्नुपर्छ भनेर पुनःनिर्माण प्राधिकरण रहँदै गर्दा अर्को पुनःनिर्माण प्राधिकरण जस्तै अर्को संस्था चाहिन्छ भनेर हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना ग¥यौँ । तर गृह मन्त्रालयको फ्रेमवर्कभित्र रहँदा यसमा समस्या आयो । मलाई लाग्छ यसमा राजनीतिक तहमा छलफल गर्न जरुरी छ । गृह मन्त्रालयको फ्रेमवर्कभित्र यो इन्टिटी रहँदा सानो सानो निर्णय गर्ने कुराका लागि त्यो लेभलको निर्णय गर्न सकेन । इमजेन्सी रेस्पोन्समा हाम्रो राम्रो खालको राहत उद्धारको काममा धेरै राम्रो क्षमता छ । उत्कृष्ट लेभलमा नेपालले काम गर्न सकेको छ । तर विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको कामका कुराहरुमा, विपद् पछिको पुनःनिर्माण र पुनःस्थापनामा जुन किसिमको अण्डरस्ट्याण्डिङ हुनुपर्दथ्यो त्यो हुन सकेन ।’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताउनु भयो । त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । तनि तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल