राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभइ आवश्यकता भएके र प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार विकास गर्न आग्रह गर्नुभयो । उहाँले शाहसिक खेलहरु, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिन माग गर्नुभयो । उहाँले पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्नेकुरा जटिल भएपनि त्यसको सही सदुपयोग हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यो हवाई पूर्वाधारमा पनि जहाँ प्रतिफल आउँछ, त्यसमा मात्रै लड्ने भने जस्तो गरेर यो हवाई धावन मार्गहरु जहाँ पायो त्यहीँ बनाउने, जहाँ माग छ त्यहीँ बनाउने होइन । जहाँ प्रतिफल आउँछ त्यहाँ बनाउनु पर्छ । शाहसिक खेलहरु, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिनुपर्छ । पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने भनेको छ, यो अलि जटिल प्रक्रियाको भएपनि यसलाई इन्भायरोमेण्टको नाममा मात्रै नराखि हामीले अहिले पनि विकास गरिरहेका छौँ ।’
सांसद शेर्पाले विद्युत उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभइ वैकल्पिक विद्युतमा पनि जानुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल