नेकपा (एमाले)का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले जनतामा रहेको तिब्र विकासको हुटहुटीलाई सम्बोधन गर्नेगरी सिद्धान्त र प्राथमिका आएको बताउनु भयो । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहो¥याने नभई बे्रकथ्रू गर्न खोजेको सांसद गिरीको भनाइ छ । उहाँले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पूँजीगत खर्च न्युन हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भिर बन्नुपर्ने समेत बताउनु भयो । उहाँले सरकारलाई पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्ययोजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा आज जुन अर्थतन्त्रको अवस्था छ । यो अवस्थाबाट अर्थतन्त्रलाई कसरी गतिशील र चलायमान बनाउने र राष्ट्र बैंकभित्र ६ खर्ब लगानीयोग्य पूँजी छ तर मान्छेहरु मलाई ऋण चाहियो भनेर जाँदैन । १० महिना पुगिसक्छ तर एकतिहाई पनि पूँजीगत खर्च हुन सक्दैन् । आयात प्रत्येक वर्ष बढिरहेको अवस्था छ । व्यापार असन्तुलन बढिरहेको अवस्था छ । खेत बाँझो छ तर युवाहरुलाई खेति गर्ने कुनै रुची छैन । उ विदेश जानको लागि खुट्टा उचालेर बसिरहेको हुन्छ । नेपाली काँग्रेस र एमालेको सरकारले मुलुकको विद्यमान अवस्थाको गहिराईसम्म पुगेर छाम्ने कोसिस गरेको छ कि छैन भनेर मैले गहिरोसँग अध्ययन गरे । सरकार विगतको अभ्यास होइन । ब्रेक–थ्रू गर्न खोजेको जस्तो पाएको छु । हामीले विगतमा जुन स्वरुपमा बजेट ल्याउँथ्यो सबैलाई खसि पार्ने हिसावले बिना पूर्वतयारीका, लगानीको ढाँचा सुनिश्चित नगरिएका आयोजनाहरुमा जुन हिसाबले हामीले बजेट विनियोजन गरेका हुन्थ्यौं । त्यसले गर्दा हाम्रो बजेट समयमा खर्च नहुने र हाम्रो पूँजीगत खर्च न्युन हुने स्थिति यसकारण पनि सिर्जना भयो भन्नेकुरा लुकेको छैन । ’
लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पका साथ सरकार उभिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल