भवन बनाउन भक्तपुरमा महायज्ञ

.

पितृमुक्तिको लागि १३ दिनसम्म कियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ । महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताउनुभयो । महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको उहाले जानकारी दिनुभयो । जेठ ४ देखि सुुरु हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नु हुने उहाँले बताउनुभयो । श्रीमतद् भागवत १० गतेसम्म सञ्चालन हुनेछ । ‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागेका छौ,”उहाँले भन्नुभयो । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएको उहाँले बताउनुभयो । २०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो ।