विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत

.

नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताउनुभएको हो । अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रश्तावहरु ल्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताउनु भयो । उहाँले दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताउनु भयो । उहाँले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रश्तुत विनियोजन विधेयकका सिद्धान्त र प्रथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मुलभुत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर अगाडी बढ्न ठोस प्रश्तावहरु कसरी ल्याउँछ । तर यसमा केही कुराहरु छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रश्तुत हुन सक्थ्यौं । अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरु सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’
अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ । —न्युज एजेन्सी नेपाल