सुनसरी -सुनसरी डिनको छैठौं अधिवेशनले राम कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट यादव अध्यक्षमा चयन हुनुभएको हो । यादव अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवशन बाट उपाध्यक्षमा पुनम बजाज चयन हुनुभएको छ भने सचिवमा रविन्स भट्टराई , सह सचिवमा विजय कुमार माझी र कोषाध्यक्षमा हिना लुङेगी मगर चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा पुन्य प्रसाद ढुङ्गेल, तुलसी यादव, पवन ठाकुर, सुधिरा चौधरी, अर्जुन बराइली, राजेश चयन हुनुभएको छ ।
