काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९५६ जनामा परिक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।