रेलिगेसनबाट जोगियो श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज
श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज क्लवले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार जित निकाल्दै रेलिगेसनबाट जोगिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा ब्रिगेड ब्वाइजले च्यासल युथ क्लवमाथि ४–१ को जित निकाल्दै रेलिगेसन संकट टारेको हो । ब्रिगेडको सहज जितमा मुकुन्दकुमार निउरेले ह्याट्रिक पूरा गरे । रोमन श्रेष्ठले एक गोल थपे । खेलको नवौं मिनेटमा रोमनको गोलबाट बिग्रेडले अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि नै च्यासलले गोल फर्काउँदै बराबरीमा ल्यायो । च्यासलका लागि कमल थिङले गोल गरेका हुन् । पहिलो हाफको अन्तिम समयमा फेरि ब्रिगेड अग्रता लिन सफल भयो । मुकुन्दले नै गोल गर्दै ब्रिगेड ब्वाइजलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि ब्रिगेडले दुई गोल थप्यो । ५३औं मिनेटमा मुकुन्दले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै ब्रिगेडले ३–१ को अग्रता बनायो । ७१औं मिनेटमा मुकुन्दले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र बिग्रेडले ४–१ को जित निकाल्दै रेलिगेसन संकट टा¥यो । जितसँगै ब्रिगेडले १२ खेलबाट १५ अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उठेको हो । बराबरीले पनि ब्रिगेडको रेलिगेसन भय बढ्ने सम्भावना थियो । तर, जितसँगै ब्रिगेडले रेलिगेसनबाट एक अंकले माथि उक्लिएको हो ।
श्री कुमारी क्लबले पनि दशरथ रंगशालामा सरस्वती युथ क्लबमाथि २–० को जित निकाल्दै रेलिगेसनबाट जोगिएको हो । जितसँगै कुमारीले १२ खेलबाट १६ अंक पु¥याएको छ । सरस्वतीको समान खेलबाट १५ अंक छ । कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे । खेलको ४४औं मिनेटमा यमनको गोलमार्फत कुमारीले शुरुवाती अग्रता लिएको थियो । यससँगै पहिलो हाफमा श्री कुमारीले १–० को अग्रता लियो । दोस्रो हाफमा पनि श्री कुमारीले एक गोल थप्यो । ९०औं मिनेटमा मौसमले गोल गर्दै कुमारीको सहज जित सुनिश्चित गरे । —न्युज एजेन्सी नेपाल
रेलिगेसनबाट जोगियो श्री कुमारी क्लव र ब्रिगेड ब्वाइज