नेपाली कलाकारिता नयाँ पुस्तालाई सिकाउन जरुरी छः मन्त्री पाण्डे

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको इतिहास गौरव गर्न लायकको रहेको बताउनुभएको छ ।

मंगलवार वसन्तपुरमा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले ढुंगा, काठ, थांका चित्रहरु नेपालको परिचय भएको बताउनु भयो । मन्त्री पाण्डेले नेपालीहरु पौरखीमात्रै नभएको भन्दै नेपालीहरु वीर र सिद्धहस्त पनि रहेको बताउनु भयो । नेपालीहरु कलाकारिताको क्षेत्रमा पनि उत्कृष्ट रहेको मन्त्री पाण्डेको दाबी छ । कलाबाट नै नेपालको इतिहास गौरव गर्न लायकको थियो भन्नेकुरा पुष्टि हुने बताउनु भयो । नेपालको कला र संस्कृतिको प्रचार गर्नसके वर्षेनी लाखौँ पर्यटकहरु नेपाल भित्र्याउन सकिने बताउनु भयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘हाम्रा ढुंगाका, काठका थांका अरु थुप्रै चित्रहरु यि विभिन्न चित्रहरु हाम्रा आफ्ना परिचयका रुपमा छन् । हामी नेपालीहरु पौरखी मात्रै थिएनौँ । हामी नेपालीहरु वीर मात्रै थिएनौँ । हामी नेपालीहरु सिद्धहस्त पनि थियौँ । हामी नेपाली कलाकारिताको क्षेत्रमा पनि उत्कृष्ट थियौँ । हाम्रो विगत, इतिहास गौरवान्वित गर्न, गारव गर्न लायकको थियो भन्नेकुराको जीवन्त साक्षी यि हाम्रा कला रहनसक्छन् । यि कुरा हामीले प्रचार गर्नसक्यौँ भने ९० लाख मानिसहरु लुब्र म्युजियममा वर्षको गएजस्तै लाखौँ मानिसहरु हाम्रा संग्रहालयहरुमा आउनेछन् ।’

मन्त्री पाण्डेले नेपाली कलाकारिताको कुरा नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल