बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाका संचालक बन्नका लागि उमेरहद नराख्न प्रश्ताव गर्नुभएको छ ।
अर्थ समितिमा बुधवार भएको बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले उमेरमा भन्दा पनि योग्यता, अनुभवलाई हेरिनुपर्ने बताउनुभएको हो । उहाँले सञ्चालक पदावधि सकिएपछि पुन नियुक्ति हुनसक्ने व्यवस्था राखिनुपर्ने बताउनु भयो । अहिले सञ्चालकको संख्या कम भएको भन्दै बढाउन समेत आग्रह गर्नुभयो । उहाँकाअनुसार सञ्चालक समिति सदस्य ७ जना राखिएको छ । अमेरिकामा १३ जनासम्म हुने भन्दै बढाउनुपर्ने बताउनु भयो । विकास बैंक, फाइनान्सको संख्या कम आएका छन मर्जर गर्दा निर्देशक बन्न खोज्ने धेरै रहेको र संञ्चालकको संख्या बढी हुँदा उनीहरुलाई व्यवस्थापन गर्न सहज पुग्ने पौडेलले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘बाफियामा उमेरहदर राख्न खोजिएको छ, यो ठिक होइन । सञ्चालकको उमेर हद राखिनु हुँदैन । सञ्चालकको योग्यता हेरिनुपर्छ । स्नातक नै गरेको भनेर तोक्न जरुरी छैन । उसको योग्यता अनुभवलाई राख्न सकिन्छ, कम्तिमा ५–१० वर्ष अनुभव राखियो भने प्रभावकारी हुन्छ ।’
अन्य देशमा १३ सदस्य हुने भन्दै नेपालमा बढी हुँदा केही समस्या नहुने बताउँदै यसमा समितिले आवश्यक निर्णय लिन हिच्किचाउन नहुने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल