मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवारी दर्ताको समय घटाउन एमालेको माग (भिडियो सहित)

.

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरुलाई फाईदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाउनु भएको छ ।

 

स्थानीय तह निर्वाचनको मत पत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाईदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्ति समेत जनाउनु भयो । आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगको गतिविधिप्रति आशंका गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताउनु भयो ।

 

निर्वाचन आयोगले दलहरुसँग छलफल समेत नगरी निर्णय गर्दै जाने काम गर्न नहुने पनि पटकपटक अध्यक्ष ओलीले दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘दलहरुसँग परामर्श नगरी चुनाव चिन्हको रङ बदल्ने कुरा सहज, समान्य हुँदै होईन । निर्वाचन आयोेगले समयसयममा विभिन्न दलहरुसँग परामर्श गर्ने गर्दछ । तर महत्वपूर्ण विषयमा परामर्श गर्न नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने भन्ने होईन । एउटा दल विशेषलाई, सत्ताधारी दललाई फाईदा पुग्ने गरी रङ निर्धारण ग¥यो, परिवर्तन ग¥यो, पहिले प्रचलनमा आएको रङ परिवर्तन गर्नका लागि सहमति गर्न अनिवार्य हुन्छ निर्वाचनमा । अनि कसैलाई फाईदा पुग्नेगरीको विल्कुल बेठिक काम भयो ।

 

निर्वाचन आयोगले विगतमा पनि मतपत्र च्याते पनि ठिकै देख्ने, जसो गरेपनि हाम्रो विपक्षमा फैसला दिने खालको विगतमा पनि हामीले त्यो देख्यौं । राष्ट्रियसभाको निर्वाचनको मत परिणामलाई देखाएर निर्वाचन आयोगले सरकार गठन गर्ने काम रोक्यो । यस्ता कुराहरु विगतमा नै हामीले भोग्दै आयौं । देशको सबैभन्दा ठूलो पार्टीसँग परामर्श नै नगरी साँठगाँठयुक्त क्रियाकलाप, सेटिङयुक्त क्रियाकलाप गरिन्छ । यी कुराहरु नहून भन्ने हाम्रो धारणा हो । निर्वाचन आयोग अटेरी गरेर बेठिक क्रियाकलापमा सुरुसुरु अगाडि बढिरहेको छ ।

 

यो अत्यन्तै चिन्ताजनक विषय हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगका गतिविधिहरु सकारात्मक हुनुपर्ने, निर्णायक हुनुपर्ने, तर निर्वाचन आयोगकै गतिविधि र भूमिका यस ढंगले अगाडि बढन थालेपछि भोली निर्वाचनको बखत के होला ? भन्ने कुरामा गम्भिर आशंका छ ।’

News Agency Nepal