कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सिहानोकभिल विशेष अर्थतन्त्र क्षेत्रले राज्यको व्यापार र आर्थिक वृद्धिलाई बढाएको बताउनुभएको छ । साथै यसले स्थानीय जीविकोपार्जनमा पनि सुधार गरेको दाबी गर्नुभयो । हुन मानेटले सिहानोकभिलमा सेजमा लगानी गर्ने २ सय भन्दा बढी उद्यमहरूको उत्सव मनाउने समारोहमा उक्त टिप्पणी गर्नुभएको हो । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतको एक प्रमुख परियोजना ११ वर्ग किलोमिटर सेज चिनियाँ र कम्बोडियन कम्पनीहरू बीचको संयुक्त उद्यम हो । सेज अन्तर्राष्ट्रिय गहिरो पानीको केन्द्र सिहानोकभिल स्वायत्त बन्दरगाहबाट लगभग १२ किलोमिटर टाढा अवस्थित छ । २००८ मा स्थापना भएदेखि यस क्षेत्रले बहुराष्ट्रिय निर्माताहरूको विविध दायरालाई आकर्षित गरेको छ । आधिकारिक तथ्याङ्कले देखाउँछ कि २०२४ मा यस क्षेत्रबाट गुज्रिएको आयात र निर्यातको मूल्य ४.०७ अर्ब अमेरिकी डलर पुगेको छ । जुन वार्षिक रूपमा २१.३ प्रतिशतले वृद्धि हो ।
उनीहरुले स्थिर आम्दानीको साथ काम गर्न पाउनु सुखद् भएको बताए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।