मौलिक (रैथाने) भोजन मेला सम्पन्न (भिडियो सहित)

.

काठमाडौं- बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सकिएको छ ।

 

गाभर भ्याली होमस्टे एशोसिशनको राष्ट्रिय सम्मेलन तथा विभिन्न जातजातीको मोलिक खानका परिकार तथा घरमा निर्मित समाग्रीको किनमेल मेला चैत ११ गतेदेखि १३ गतेसम्म भएको थियो । मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सास्कृतिक नाचगान समेत भएको थियो ।

 

त्यस्तै,मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे संचालकहरुको सहभागिता रहेको थियो ।मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने थारु, मगर, राई, लिम्बु मधेशी तथा अन्य जातजातीहरुले आफुले उत्पादन गरेको बस्तु आफैले घरमै उत्पादन गरेर मेलामा प्रर्दशन गरिएको र बिक्रि वितरण भएको मौलिक भोजन मेला समितिका संयोजक कृष्णलाल चौधरीले बताउनुभयो ।

 

उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न, स्वदेशमा मात्र नभए विदेशमा निर्यात गर्न उत्प्रेरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनु भयो । महोत्सवमा थारु समुदायको परम्परागत मौलिक पोशाक पछिल्लो पुस्तालाई जानकारीको लागि प्रर्दशन गरिएको उहाँले बताउनु भयो ।

 

त्यस्तै, होमस्टे एशोसिएशनका विदेश विभाग सदस्य पुर्ण चन्द्र उपाध्यायले घरेलु मौलिक उत्पादन जोगाउन कै लागि दुई दिने मेला आयोजना गरेको बताउनु भयो ।त्यस्तै, रैथाने एग्रो प्रोडक्टस नेपालका सचिव आर.वि. राईले घरेलु उत्पादनमा बढाएर उत्पादित बस्तुलाई बजारीकरण गर्दै आएको बताउनु भयो । उहाँले रैथाने उत्पादन बढाउनका लागि किसानहरुलाई पुरानो धान, गहुँ मकै लगायतका खद्यान्न उत्पादन गराउन प्रोत्साहन गरिने बताउनु भयो ।

News Agency Nepal