काठमाडौँ । शंकरदेव क्याम्पस युवा रेडक्रस सर्कलको समन्वयमा नेसनल कलेज फर फाउन्डेसन अफ चाइल्डद्वारा आयोजित ‘महिनावारी स्वच्छता जनचेतनामूलक’ कार्यक्रम नारी स्वास्थ्यप्रति समर्पित एक संवेदनशील र प्रेरणादायी पहलको रूपमा सम्पन्न भएको छ।
कार्यक्रममार्फत महिला तथा किशोरीहरूका लागि सुरक्षित र स्वच्छ महिनावारी व्यवस्थापनको विषयमा सचेतना फैलाइएको छ। साथै, क्याम्पस परिसरमै स्यानिटर प्याड भेनडिङ मेसिन स्थापना गर्दै विद्यार्थीहरूलाई निशुल्क स्यानिटरी प्याड्स उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
युवा रेडक्रस सर्कलले महिलाहरूको संवेदनशील अवस्था र आत्मसम्मानलाई बुझ्दै स्वास्थ्य र सहजताको पक्षमा यो कदम चालेको हो। कार्यक्रममा सहभागीहरूले यो पहललाई ‘नारी सशक्तीकरणको दिशामा सार्थक प्रयास’ भन्दै स्वागत गरेका छन्।
‘महिनावारी स्वच्छता जनचेतनामूलक’ कार्यक्रमले युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबारे सजग गराउनुका साथै “सजग युवा, सशक्त समाज” निर्माणतर्फको यात्रामा उज्यालो बत्ती बाल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।