इरानी राष्ट्रपति मसूद पेजेश्कियानले ओमानको दुई दिने औपचारिक भ्रमण शुरु गर्नुभएको छ । उहाँले सुल्तान हैथम बिन तारिक अल सईदलाई भेट्नुभयो र द्विपक्षीय सम्झौताहरूको श्रृंखलामा हस्ताक्षरको निरीक्षण गर्नुभयो । किनकि मस्कटले तेहरान र वाशिंगटन बीचको अप्रत्यक्ष आणविक वार्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भुमिका जारी राखेको छ । ओमानको राज्य समाचार एजेन्सी (ओएनए) ले रिपोर्ट गरेको छ कि अल आलम दरबारमा एक समारोहको क्रममा दुई पक्षले पाँच सहयोग सम्झौता, १० समझदारी पत्र (एमओयू) र तीन कार्यकारी कार्यक्रमहरूमा हस्ताक्षर गर्नुभएको छ । ओएनएका अनुसार ओमानी नेतृत्वको निमन्त्रणामा पेजेश्कियान मंगलबार मस्कट आइपुग्नुभएको थियो । इरानको राज्य समाचार एजेन्सी इरनाले पेजेश्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्तालाई सहज बनाउन ओमानको सक्रिय र रचनात्मक भुमिका को लागि कृतज्ञता व्यक्त गरेको बताएको छ ।
तेहरानको आणविक कार्यक्रममा तनाव कम गर्न र कूटनीतिलाई पुनर्जीवित गर्न ओमानले अप्रिलदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिसकेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
जारी आणविक मध्यस्थता प्रयासका बीच इरानी राष्ट्रपति ओमानको भ्रमणमा