काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

.

अफगानिस्तानको राजधानी काबुलमा रहेको अफगानिस्तान अन्तर्राष्ट्रिय एक्स्पो केन्द्रमा मंगलवार उद्योग सप्ताह शिर्षकको छ दिने औद्योगिक प्रदर्शनीशसुरु भएको छ । उद्योग तथा वाणिज्य मन्त्रालयको विज्ञप्तिअनुसार प्रदर्शनीको उद्देश्य घरेलु लगानीकर्ताहरूलाई सहयोग गर्नु, व्यक्ति र व्यवसायहरू बीचको अन्तरक्रियालाई सहज बनाउनु र स्थानीय उत्पादनहरूको बारेमा जनतालाई शिक्षित गर्नु हो । आफ्नो उद्घाटन भाषणमा आर्थिक मामिलाका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादार अखुन्दले औद्योगिक विकास, लगानी आकर्षण, आर्थिक प्रगति र स्थानीय उत्पादनहरूलाई समर्थन गर्ने अफगानिस्तान अन्तरिम सरकारको प्रतिवद्धतामा जोड दिनुभयो ।
राष्ट्रिय उद्योग सप्ताह प्रदर्शनीमा विभिन्न औद्योगिक, कृषि, निर्माण, खानी, हस्तकला र प्रविधि क्षेत्रका उत्पादनहरू प्रदर्शन गर्ने लगभग ७ सय बुथहरू छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।