नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै

.

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केही दशकदेखि नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढिरहेको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका जातिहरु मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको बताउनु भयो । देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको बताउनु भयो । यसले कृषिक्षेत्र, वन, जंगल, जल र वायुमा समेत असर गरिरहेको भन्दै सै रुपमा फैलिँदै जाने हो भने ठूलो खाद्य र वातावरणीय क्षति पु¥याउने सम्भावनालाई नकार्न नसकिने बताउनु भयो । हालसम्म नेपालमा २९ वटा वाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही दशकदेखि नेपालमा वाह्य मिचाह प्रजातिको प्रकोप अत्याधिक बढिरहेको छ । नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका जातिहरु मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको छ । देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको छ । यसले कृषिक्षेत्र, वन, जंगल, जल र वायुमा समेत असर गरिरहेको छ । यसै रुपमा फैलिँदै जाने हो भने ठूलो खाद्य र वातावरणीय क्षति पु¥याउने सम्भावनालाई नकार्न सकिँदैन । नेपालमा वाह्य मिचाह प्रजातिहरुलाई स्थानीय रुपमा वनमारा, वनमासा, वन लहडा तथा अन्य विभिन्न नामहरुबाट चिनिने गरेको छ । अध्ययनबाट हालसम्म नेपालमा २९ वटा वाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिन्छ ।’
मन्त्री ठकुरीले वाह्य मिचाह प्रजातिका वनस्पतिहरुको फैलावट द्रुत गतिले बढ्दै गइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल