“विश्व दुध दिवसको अवसरमा दुधपान कार्यक्रम सम्पन्न “

.

काठमाडौं- नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मुल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मुलक दुधपान कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं.७, स्थित रोजमेरी एकेडेमी स्कुलमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनकोे अध्यक्षयता र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न भएको थियो भने कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य लिलेन्द्र प्रसाद प्रधान,के्न्द्रीय दुध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुध विकास बोर्डका शंकर अधिकारी,नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे,केन्द्रीय सदस्य रमेश सञ्जेल,नेपाल कृषि तथा पशुापन्छि व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी,विद्यालयका प्रधानाध्यपक दुर्गा प्रसाद दाहाल,शिक्षकशिक्षिका, एसोसिएसनका पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थित रहको थियो ।

कार्यक्रम संयोजक एवं विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद दाहालले स्वागत मन्तव्यबाट प्रमुख अतिथि एवं अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा दुधपान कार्यक्रम आयोजना बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले भने,“एसोसिएसन विगत केही वर्ष देखि निरन्तर दुघ तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको र मौलिक उत्पादन मोही प्रबर्द्धनका लागि परेको कुरा बताउँदै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेको कुरा बताए । केन्द्रिय दुग्ध सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निरन्तर यस्ता कार्यक्रम गरि एसोसिएसनले दूध खपतमा ठूलो सहयोग पुर्‍याएको कुरा बताउँदै आम विद्यार्थीहरुमा अन्य पेय पदार्थ एवं जन्क फुड सेवन नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्नु हुँद कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नरेशलाल श्रेष्ठले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको छ । यसरी बालबालिका बीच दुध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउदैं एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेकोमा खुशी व्यक्त गरे । भनाई राख्ने क्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिंदै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत एक हजारजनाभन्दा बढि विद्यार्थीहरुलाई दुधपान गराइएका थियो । साथै नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए । अन्य विभिन्न स्थानमा पनि विद्यार्थीहरुलाई निशुल्क दुध सेवन गराउने कार्यक्रम रहेको कुराको जानकारी केन्द्रिय सदस्य रमेश सञ्जेलले बताए । प्रत्येक वर्ष आयोजना गरिने मुल समारोह यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्ड एवं विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा हेटौंडामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीज्यूको प्रमुख अतिथ्यितामा सम्पन्न हुने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं एसोसिएसनका सहकोषाध्यक्ष रामभक्त दाहालले बताए ।

कार्यक्रमको समुद्घाटनमा विद्यालयका सासाना नानी बाबुहरुलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरुले संयुक्तरुपमा दुधपान गराई शुरु गरिएको थियो। कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दुध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप दुध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो ।