काठमाडौँ -नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच एक सम्झौता भएको छ ।
च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच उक्त सम्झौता भएको हो ।
बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीड नेपालका डाइरेक्टर आकाश वाडेले बताए ।
यसका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाई छ ।
सो सम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।
—