नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको बताउनु भयो । । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न हाम्रो नीतिअनुरुपको कार्यक्रम छ । हामीले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्दै आइरहेका छौँ । सहजताको नाममा प्लाष्टिकको प्रयोगले वातावरणमा परिरहेको नकारात्मक प्रभावबाट माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु ।’
सभापति देउवाले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्बन उत्सर्जन तिब्र कटौति गर्न पनि उत्तिकै आवश्वक रहेको बताउनु भयो । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले संवेदनशील रहेको भन्दै नेपालले यसको प्रभाव भोगिरहेको बताउनु भयो । नेपालले जलवायु न्यायको लागि विश्व समुदायसँग राष्ट्रको स्पष्ट धारणा राख्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल