सरकारलाई देउवाको सुझावः मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस्

.

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्नुभयो । उहाँले अब नेपाललाई विकास निर्माण नभइ दिगो विकास निर्माण चाहिएको उल्लेख गर्नुभयो । वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरुको कर्तव्य भएको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ । मनसुन शुरु हुन लाग्यो । यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्दछु । अब हामीलाई चाहिएको विकास निर्माण होइन, दिगो विकास हो । स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो ।’

सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरु कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरुमा गम्भीर असर पु¥याएको बताउनु भयो । यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल