उपाध्यक्ष तेन्जी शेर्पाद्वारा नेपाल शेर्पा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

.

नेपाल शेर्पा संघका उपाध्यक्ष तेन्जी शेर्पा केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले केन्द्रिय अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जानकारी गराएका हुन् । उनले आफू लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको बताउँदै संघको संस्थागत सुदृढिकरण, समुदायको हक हित र सांस्कृतिक, भौगोलिक, भाषिक पहिचानको संरक्षण र प्रवद्र्धनमा जोड दिने बताए । आफ्नो कार्यकालमा संघको कार्यालयलाई शेर्पा समुदायको गौरव र पहिचान प्रतिविम्वित हुने संरचनाका रुपमा विकास गर्ने उद्देश्यले सभा हलहरुलाई शेर्पा परम्परागत शैलीमा निर्माण गर्न पहल गरिएको बताए