दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न

.

जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले ७ बुँदे जनकपुरधाम घोषणापत्र समेत जारी गरेको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु संघ संस्थाहरूको संयुक्त आयोजनामा भएको सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, संगठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्याहरूका समाधानका उपायहरूबारे गहिरो छलफल भएको छ ।  घोषणापत्रमा आतंकवादको भत्र्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ । —न्युज एजेन्सी नेपाल