भीरकोट क्रिकेट क्लबको नेट अभ्यास स्थल उद्घाटन

.

रोशन रेग्मी

काठमाडौं । स्याङ्जाको भीरकोट क्रिकेट क्लबद्वारा निर्माण गरिएको नेट अभ्यास स्थलको उद्घाटन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्यता भीरकोट नगरपालिकाका नगर प्रवक्ता श्री दिपेन्द्र के.सीले गरेका थिए ।

उक्त उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै क्लबले खुशी व्यक्त गरेको छ। कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथि, सहयोगी मन, दाजुभाइ, साथीहरू तथा उपस्थित सबै महानुभावहरूलाई क्लबले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

क्लबले आगामी दिनहरूमा पनि यस्तै प्रकारको साथ र सहयोगको अपेक्षा राखेको छ।