नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सिमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिको लागि पनि खेल क्षेत्रको भुमिका र महत्व बढ्दै गएको बताउनु भयो । राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीहरुको भविष्यप्रीत गम्भीर र सजग हुनुपर्ने बताउनु भयो । उहाँले खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको बताउनु भयो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको वर्षा भएको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको छ र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको एक किसिमले भन्ने हो भने वर्षा नै भएको छ । स्वर्ण पदकदेखि विभिन्न स्तरका पदकहरु नेपाली खेलाडीहरुले जित्दै गएका छन् । त्यसको मात्रा र गुण दुवैमा वृद्धि भएको छ । केही समय यता खेल क्षेत्रमा भएको प्रगतिप्रति पदाधिकारीलाई बधाई भन्न चाहन्छु । शारीरिक सुगठनको विधा अरु भन्दा च्यालेन्जिङ हो की भन्ने लाग्छ मलाई । खेल क्षेत्र आज विशुद्ध शारीरिक सुगठन वा शारीरिक स्वास्थ्यको कुरा मात्रै भएको छैन । सामाजिक सभ्यता र अनुशासनको पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा देशको पहिचान र प्रतिष्ठासँग जोडिएको विषय पनि र अहिले आर्थिक समृद्धिको निम्ति पनि खेल क्षेत्रको भुमिका र महत्व त्यति नै बढ्दै गएको छ । त्यसकारण हामीले सबैले यो क्षेत्रलाई अझ बढी महत्व दिनुपर्ने र सबैभन्दा बढी त राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था, अझ बढी व्यवस्थापन गर्ने र खेलाडीहरुको भविष्य खेल क्षेत्रमा लाग्ने सबैको भविष्यप्रति बढी संवेदनशिल र गम्भीर हुन जरुरी छ ।’
शारीरिक सुगठनको विधा अरु भन्दा च्यालेन्जिङ रहेको अध्यक्ष दाहालको भनाइ छ । –न्युज एजेन्सी नेपाल