नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताउनुभएको छ ।
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताउनु भयो । उहाँले प्रतिशोधको भावना लिएर नहुने भन्दै सांसद कोईरालाले कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने बताउनु भयो । सुशासन ल्याउन कसले रोकेको छ भन्दै प्रश्न गर्नुभयो । भ्रष्टाचार निर्मुल र दण्डहिनता अन्त्य गर्नुपर्ने बताउनु भयो । देशमा दण्डहिनता पराकाष्ठा भइसकेको बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै हुँदैन । त्यो देखिनुप¥यो । प्रतिशोधको भावना लिएर हुँदैन । कसैलाई गर्ने, कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना भइरहेको देखिरहेको छु । कुशासन इन्प्रुभ गर्न सकिँदैन ? सुशासन बनाउन सकिँदैन, कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन, कसले रोकेको छ ? गर्न सकिन्छ, हामी सक्छौँ भन्ने आँट तपाईं हामीमा छ । मलाई छ । भ्रष्टाचार निर्मुल गर्नुपर्छ, दण्डहिनता अन्त्य गर्नुपर्छ । दण्डहिनता पराकाष्ठा भइसकेको छ यो देशमा । त्यसको अन्त्य गर्नुपर्छ । सुशासन दिन सक्नुपर्छ । रोजगारी सिर्जना गर्न कोशिस गर्नुपर्छ । सकिँदैन भन्ने होइन, सकिन्छ ।’
सांसद कोईरालाले काम गर्नेतिर भन्दा अन्य कुरामा ध्यान केन्द्रित भइरहेको बताउनु भयो । रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल