काठमाडौँ । बौद्धिक सम्पत्तिबारे चेतना र जानकारीको अभावले नेपाल विकासमा पछमा पछाडि परेको सरोकारवालाले बताएका छन् ।
नेपालमा बौद्धिक सम्पत्तिबारे चेतना, जानकारी, ज्ञान, सीप तथा प्रयोग ज्यादै न्यून रहेको चर्चा गर्दै उहाँहरूले यसको उचित प्रयोग, संरक्षणले विकासमा योगदान गर्ने बताउनुभयो ।
बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले राजधानीमा आयोजना गरेको ‘बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्था र हाम्रो अवस्था’ विषयक विचार गोष्ठीका सहभागीले बौद्धिक सम्पत्तिसम्बन्धी शिक्षा र तालिमलाई विस्तार गर्नुुपर्ने तथा विभिन्न विषय र तहका पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका थिए । यसबाट सिर्जनशीलता तथा अनुुसन्धान र विकासलाई प्रोत्साहन हुुन जाने उनीहरूको भनाइ थियो ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बौद्धिक सम्पत्ति व्यवस्था, पेटेन्ट दर्तालगायतको विषय पूूर्णत: प्राविधिक भएर गएको बताउँदै यसको चेतनाका लागि पूूर्वाधार विकासमा जोड दिनुुभयो ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नेपालमा बौद्धिक सम्पत्तिलाई कानुुनी रूपमा परम्परागत सम्पत्तिका रूपमा राखिएको भन्दै कानुुनी उपचारदेखि धेरै कुुरा समेटिएको बताउनुुभयो । प्रतिलिपि अधिकारमा पनि कानुुन आएर संशोधनका क्रममा रहेको भन्दै उहाँले ल्याइएको नीति कानुुनमा रूपान्तरण भएपछि कार्यान्वयन हुुने बताउनुुभयो ।
उद्योग सचिव अर्जुन पोखरेलले बौद्धिक सम्पत्ति संरक्षणका विषयमा यसलाई संस्थागत बनाएर लैजाने पाटोमा सरकारले गम्भीर रूपमा लिएको बताउनुुभयो ।
समाजका अध्यक्ष तथा पूूर्वसचिव कृष्ण ज्ञवालीले यो विषय प्राविधिक भएकाले कसरी बोधगम्य बनाउने भन्ने चुुनौती रहेको विचार व्यक्त गर्नुुभयो ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार विष्णुु फुुयाल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा सावतीका अध्यक्ष डा. पोषराज पाण्डे, समाजका उपाध्यक्ष मधुुसुुधन पौडेल, महासचिव बिसुुकुुमार केसी, सचिव सरोज खनाललगायतले नेपालमा बौद्धिक सम्पत्ति व्यवस्थाको चेतना र जानकारीका विषयमा आफ्ना भनाइ राख्नुुभएको थियो ।