मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा: मधु मरासिनी

.

काठमाडौं-अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले पछिल्लो समय रुस र युक्रेन युद्वको कारणले मुलुकको अर्थतन्त्रमा चुनौती देखिएको बताउनु भएको छ ।

 

मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले यस्तो बताउनु भएको हो ।

 

उहाँले पछिल्लो समय रुस र युक्रेनबीचको द्वन्द्वको कारण पेट्रोलिय पदार्थ,खाद्यान्न लगायतका बस्तु आयातमा देखिको समस्याको कारण नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको स्पष्ट पार्नु भयो । सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुक भित्र नै उत्पादन,रोजगारी विकास गर्नु पर्ने देखिएको बताउनु भयो ।

 

अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थमन्त्रालय अत्यन्तै चिन्तित रहेको उहाँले बताउनु भयो । सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत भएर काम गरिरहेको दाबी गर्नु भयो ।

News Agency Nepal