युद्ध, भोकमरी र क्षतिको बीचमा गाजाले ईद अल–अधा मनायो

.

युद्धले तहसनहस भएको गाजामा यस वर्षको ईद अल–अधा दुख, आर्थिक विनाश, विस्थापन र भोकमरीको गह्रौं पर्दाले छोपियो । यो अवसरको खुशी युद्धका घाउले मधुरो भएको छ । जसले परिवारहरूलाई शोक, सहनशीलता र भग्नावशेषमा आशामा टाँसिन बाध्य बनाएको छ ।यस पटक मासु नखाइ र नयाँ कपडा नलगाइ इद मनाइएको उनीहरुको भनाइ छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।