इजिप्ट र टर्कीका विदेशमन्त्रीबीच गाजा युद्धविराम प्रयासबारे छलफल

.

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले आफ्ना टर्कीका समकक्षी हकान फिदानसँग फोन वार्ताका क्रममा गाजामा शान्ति प्रयासहरूबारे छलफल गर्नुभएको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । संवादको क्रममा अब्देलाट्टीले गाजामा युद्धविरामको मध्यस्थता गर्न कायरोको जारी प्रयासमा प्रविद्धता जनाउनु भयो । दुई मन्त्रीहरूले इजरायली आक्रमण र एन्क्लेभमा बढ्दो मानवीय संकटको बारेमा पनि संवाद गर्नुभयो । अब्देलाट्टीले युद्धविरामको लागि जोड दिन, वन्धक र बन्दीहरूको रिहाइ गर्न र गाजामा मानवीय, चिकित्सा र आश्रय सहायता पु¥याउन इजिप्टको भुमिकालाई प्रशंसा गर्नुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।